Kathmandu Press

कृषि ऐन बनाउने तयारी भइरहेको छ : मन्त्री भुसाल

मन्त्री भुसालले मल ल्याउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए। उनले यो वर्ष ३८ अर्बभन्दा बढिको मल आयात गरेको भन्दै आगामी आर्थिक वर्षमा त्यही अनुसारको तयारी गर्नुपर्ने उल्लेख गरे।
कृषि ऐन बनाउने तयारी भइरहेको छ : मन्त्री भुसाल

काठमाडाैं, वैशाख २८ : कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भएपनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेको बताए।

कृषि ऐन बनाउँदा यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहज हुने उनले बताए।

मन्त्री भुसालले मल ल्याउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए। उनले यो वर्ष ३८ अर्बभन्दा बढिको मल आयात गरेको भन्दै आगामी आर्थिक वर्षमा त्यही अनुसारको तयारी गर्नुपर्ने उल्लेख गरे।

कृषि उत्पादनमा बृद्धि गरेर आयात प्रतिष्थापन गरेको निर्यात प्रवद्र्धन गर्ने नीति रहेपनि त्यसअनुसार राज्यले लगानी गर्न नसकेको उनको धारणा थियो। अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएपनि यस क्षेत्रमा बजेटको समस्या हुने गरेको उनले उल्लेख गरे।

मन्त्री भुसालले अहिले रैथाने बालीलाई पनि प्राथमिकतामा राख्दै जमिन र बढी उत्पादनशिल बीउ आवश्यक रहेको बताए । तराईका ५० प्रतिशत जमिन अझै पनि सिंचाईबाट वञ्चित भएको भन्दै उनले जनशक्तिका अभावका कारण जमिनहरु बाँझो रहने अवस्था देखिएकाले उत्पादनमा कमी आएको बताए।

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्