Kathmandu Press

भ्रष्टाचारीलाई काबराहीको माग गर्दै नेकपा एसको प्रदर्शन

उनीहरुले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन्। उनीहरुले निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नढकेल्न समेत ध्यानाकर्षण समेत गराए।
भ्रष्टाचारीलाई काबराहीको माग गर्दै नेकपा एसको प्रदर्शन

काठमाडौं, वैशाख २८ : नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ।

बिहीबार काठमाडौंको माइतिघरमा एकीकृत समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

उनीहरुले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन्। उनीहरुले निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नढकेल्न समेत ध्यानाकर्षण समेत गराए।

नेकपा एसका स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले भ्रष्टाचारविरुद्धको आन्दोलनको उद्घोष गरेको बताउँदै सलाई देशव्यापी बनाउने उल्लेख गरे। राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उनले बताए।

समाजवादीका मोर्चा संगठनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सवै प्रकारका भ्रष्टाचारहरुलाई छानविन गर्नुपर्ने जनाएका छन्।

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्