Kathmandu Press

वैदेशिक रोजगारीको सूचना पत्रिका छाप्न नपर्ने प्रस्ताव

विज्ञापन आफ्नो वेवसाइटमा राखेपछि सोको जानकारी जानकारी वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
वैदेशिक रोजगारीको सूचना पत्रिका छाप्न नपर्ने प्रस्ताव

काठमाडौं, वैशाख २८ : सरकारले वैदेशिक रोजगारीका लागि कामदारको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव गरेको छ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिएर आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्न सकिने उल्लेख छ। यो स्वीकृत भए मेनपावर कम्पनीले पत्रिकामा विज्ञापन छपाउनु पर्ने छैन।

विज्ञापन आफ्नो वेवसाइटमा राखेपछि सोको जानकारी जानकारी वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

हाल राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र कम्पनीको आफ्नो सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था छ। नयाँ व्यवस्थाले श्रमिकहरु कामदार मागबारेका सूचना लिन प्रत्यक कम्पनीको बेबसाइटमा पुग्नुपर्ने बाध्यता सिर्जना हुने देखिन्छ।

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्