क्यान्टोनमेन्ट घोटलामा छानविन गर्न अख्तियारले खुट्टा कमायो : ओली
ओलीले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न खोजिएको बताए । ‘अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरु हुनै सक्दैन,’ ओलीले भने।
काठमाडौं, वैशाख २८ : एमाले अध्यक्ष ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको बताएका छन् ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले ‘क्यान्टनमेन्टमा भएको अनियमितता’ मा नुसन्धान गर्न खुट्टा नकमाउन अख्तियारलाई आग्रह गरे ।
ओलीले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न खोजिएको बताए । ‘अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरु हुनै सक्दैन,’ ओलीले भने।
सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको उनको भनाइ छ।
ओलीले क्यान्टोनमेन्ट प्रकरणका फाइल अख्तियारले होल्ड गरेर बसेको समेत दाबी गरे। उनले क्यान्टनमेन्टमा नभएका मानिसहरूका पैसा बुझिएको बताए ।
उनले भने, ‘राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ? यी कुराहरू भएका छन्, आज होइन, पहिलादेखि नै हो।’
अख्तियारले होल्ड गरेको भन्दै ओलीले राज्यको अर्बौंको हिनामिनाको खुट्टा नकमाई छानविन गर्न आग्ह गरे।











