Kathmandu Press

ब्रिगेड ब्वाइजलाई हराउँदै एनआरटी चौथो स्थान उक्लियो

काठमाडौं, माघ १६ : ब्रिगेड बोइजलाई हराउँदै न्यूरोड टिम एनआरटी ए डिभिजन लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ। 

बिहीबार दशरथ रंगशालाम....

ब्रिगेड ब्वाइजलाई हराउँदै एनआरटी चौथो स्थान उक्लियो

काठमाडौं, माघ १६ : ब्रिगेड बोइजलाई हराउँदै न्यूरोड टिम एनआरटी ए डिभिजन लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ। 

बिहीबार दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजलाई २–० गोल अन्तरले हराउँदै एनआरटी चौथो स्थानमा उक्लिएको हो। ९ खेलमा ५ जित र २ बराबरी तथा २ हारको ब्यहोरेको एनआरटी १५ अंकका साथ थ्रीस्टार र नेपाल पुलिस क्लबलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको हो। 

एनआरटीको जितमा राजेश परियारले दुवै गोल गरे। २२ औं मिनेटमा कृष्ण कुमार घाइते भएपछि उनी मैदान छिरेका थिए। 

मैदान छिरेको १० मिनेटमै राजेशले एनआरटीलाई अग्रता दिलाएका थिए। ५२ औं मिनेटमा पुनः राजेशले नै गोल गर्दै एआटरटीको अग्रता दोब्बर बनाए। त्यसको १० मिनेटपछि नै ब्रिगेड ब्वाइजले गोलको सुनौलो अवसर खेर फाल्यो।

६२ औं मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान अनिल गुरुङ गोल गर्न चुके। उनको पेनाल्टी गोलकिपर अजित प्रजापतिले रोकेका थिए। 

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, माघ १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्