Kathmandu Press

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेट

कांग्रेसको पदाधिकारी बैठकअघि सभापति देउवाले प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगेका हुन्।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेट

काठमाडौं, वैशाख २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएको छ। दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।

कांग्रेसको पदाधिकारी बैठकअघि सभापति देउवाले प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगेका हुन्।

भेटमा सरकारका नीति तथा कार्यक्रम र बजेटलगायत विषयमा कुराकानी भएको बताइएकाे छ। छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू पनि सहभागी थिए।

बिहीबार दिउँसाे बस्ने पदाधिकारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रिय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्