Kathmandu Press

ओलीले भने– दोषीलाई कठघरामा ल्याउनुपर्छ, तर कसैलाई फसाउन अनुसन्धान मोड्न पाइन्नँ

अध्यक्ष ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।
ओलीले भने– दोषीलाई कठघरामा ल्याउनुपर्छ, तर कसैलाई फसाउन अनुसन्धान मोड्न पाइन्नँ

काठमाडौं, वैशाख २८ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचार प्रकरणमा जो सुकै दोषी देखिएपछि उनीहरुलाई कानुनी कठघरामा ल्याउनु पर्ने बताएका छन्।

बिहीबारबाट सुरु भएको एमाले केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले दोषीलाई कठघरामा ल्याउनु पर्ने बताउँदै कसैलाई फसाउन अनुसन्धान मोड्न खोजिन्छ भने त्यो स्वीकार्य नहुने बताए ।

उनले एमालेलाई प्रतिशोधपूर्ण ढंगले वैमनास्यता साँधेको अवस्थाबारे भने आफूहरू सजग हुनुपर्ने बताए । उनले भने, ‘दोषीलाई समातेर कठघरामा ल्याउनुपर्छ । तर कसैलाई फसाउनका लागि अनुसन्धानलाई कतातिर लैजाने भनेर चलखेल भएको, षड्यन्त्र भएको भन्ने प्रयास हुन्छ भने त्यो स्वीकार्य हुँदैन ।’

अध्यक्ष ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। तर, उनले एमालेलाई प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने भए एमाले चुप लागेर नबस्ने बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ व्यक्तिहरूसँगै आफ्नै साथीहरूको नाम पनि परेको छ बताउँदै उनले भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आएपनि दोषी छ भने काबारही हुनुपर्ने बताए । उनले दोषी ठहर नहुँदासम्म आरोप लागेको व्यक्तिलाई दोषी करार गर्न नहुने उनले बताए।

उनले राज्यको ढुकुटी छलछाम गरेर खल्तीमा हाल्ने काममा जोकोही भए पनि त्यसको प्रतिरोध गर्नुपर्ने बताए। उनले भ्रष्टाचारीको विरुद्वमा कसैले बोल्यो भने उसको मुख थुन्ने प्रयास भइरहेको बताए ।

‘अहिले भ्रष्टाचार भन्नेबित्तिकै उसको मुख थुनिदिने प्रवृत्ति मौलाएको छ । अनि कसैले उजुरी दियो भने त्यो त भ्रष्टाचारी हो भनेर दोषी करार गरिहाल्ने प्रवृत्ति छ, यो सही छैन,’ उनले भने, ‘अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध के गरेका थिए कि अहिले उनीविरुद्व अख्तियारमा उजुरी नै परिसकेको छ । कसैले बोल्यो कि उसको मुख थुन्दिहाल्ने प्रवृत्ति देखिन्छ।’

 

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्