Kathmandu Press

च्यासलमाथि फ्रेन्ड्सको साँघुरो जित

काठमाडौं, माघ १६ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।

बिहीबार दशरथ रंगशालामा भएको पहि....

च्यासलमाथि फ्रेन्ड्सको साँघुरो जित

काठमाडौं, माघ १६ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।

बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेन्ड्सले च्यासल युथ क्लबलाई १–० ले हराएको हो। फ्रेन्ड्सको जितमा उत्तम राईले निर्णायक गोल गरे। उनले खेलको अन्त्यतिर गोल गर्दै टिमको जित निश्चित गरेका हुन्। 

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ८४ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक गोलरक्षक एलन न्यौपानले पन्च गर्दै बचाएपछि प्राप्त अवसरमा उत्तमले गोल गरेका थिए। यो फ्रेन्ड्सको लगातार तेस्रो जित हो।

नवौैं चरणको समाप्तिपछि पनि लिगको शीर्ष ३ कुनै परिवर्तन भएन। २० अंकका साथ त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको समान १९ अंक छ। 

चौथो स्थानको एनआरटीको १४ अंक छ। थ्रीस्टार र पुलिस समान १४ अंकका पाँचौं र छैठौं स्थानमा छन्। फ्रेन्ड्स क्लब ११ अंकका साथ नवौं स्थानमा छ।
 

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, माघ १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्