Kathmandu Press

परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै

बुधबार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउद उक्त सम्मेलनमा भाग लिनका लागि बिहीबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन् ।
परराष्ट्रमन्त्री साउद आज बंगलादेश जाँदै

काठमाडौं, वैशाख २८ : परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन् ।  

बुधबार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउद उक्त सम्मेलनमा भाग लिनका लागि बिहीबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन् । हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो । 

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ । 

चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए । 

प्रकाशित मिति: ०८:४३ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्