कांग्रेस पदाधिकारी बैठक बस्दै, नेता खाणलाई निलम्बन गर्ने तयारी
पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।
काठमाडौ, वैशाख २८ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।
हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।
आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।
प्रकाशित मिति: ०७:२१ बजे, बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार