Kathmandu Press

एमालेको केन्द्रीय कमिटी बैठक आजबाट, के छन् एजेण्डा ?

यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले  केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो । 
एमालेको केन्द्रीय कमिटी बैठक आजबाट, के छन् एजेण्डा ?

काठमाडौं, वैशाख २८ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले  केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो । 

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार  गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको छ । 

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्