Kathmandu Press

कांग्रेस पदाधिकारी बैठकमा खाणका विषयमा छलफल, निर्णय पछि गरिने

बैठकमा खाणले अनुसन्धानलाई सहयोग गरिरहेकोले उनीबारे थप निर्णय अनुसन्धान परिपक्क भएपछि गर्ने समझदारी भएको बताइएकाे छ।
कांग्रेस पदाधिकारी बैठकमा खाणका विषयमा छलफल, निर्णय पछि गरिने

काठमाडौं, वैशाख २७ : बुधबार साँझ बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको विषयमा छलफल भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि खाण आजै बिहान आफ्नै घरबाट पक्राउ परेका थिए। उनलाई थप ४ दिन थुनामा राखेर प्रहरीले अनुसन्धान गर्नेछ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा खाणलाई निलम्बन गर्ने कि नगर्नेबारे छलफल भएको बताइएको छ। बैठकमा खाणलाई निलम्बन गर्नुपर्ने आवाज उठेपनि निलम्बनको विषयमा निर्णय भने भएन।

बैठकमा खाणले अनुसन्धानलाई सहयोग गरिरहेकोले उनीबारे थप निर्णय अनुसन्धान परिपक्क भएपछि गर्ने समझदारी भएको बताइएकाे छ।

प्रकाशित मिति: २०:३६ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्