Kathmandu Press

जसपाको विधान अधिवेशन आगामी असारमा

आगामी असार ९, १० र ११ गतेदेखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।
जसपाको विधान अधिवेशन आगामी असारमा

काठमाडौं, वैशाख २७ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले आगामी असार ९, १० र ११ गतेदेखि विधान अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार यसअघि सो अधिवेशन आउँदो जेठ १ गतेदेखि काठमाडौंमा गर्ने तय भएकामा तयारी नपुगेकाले असार ९ गतेलाई सारिएको हो। यसैगरी आजको बैठकले नागरिकतासम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ।

प्रदेश नं. १ को नाम ‘कोशी’ राखिएको विरुद्ध जारी आन्दोलनमाथि दमन बन्द गर्न तथा आन्दोलनकारीसँग वार्ता गरी निकास खोज्न पनि सो पार्टीले माग गरेको छ।

आजको बैठकले भुटानी शरणार्थी समस्यासम्बन्धी निष्पक्ष छानविन गरी दोषी देखिएमा कानुनी दायरामा ल्याउन र कानुनी प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरिएको कार्यकारिणी समिति सदस्य थापाले जानकारी दिए।

प्रकाशित मिति: २०:२८ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्