Kathmandu Press

शीर्ष नेताको बैठकपछि प्रचण्डले भने- प्रहरीको अनुसन्धनामा डिस्टर्ब नगरौं, दोषी नछुटून् र निर्दोष नपरून् भन्नेमा एकमत छौं

बुधबार तीन दलका शीर्ष नेताको छलफल पछि सिंहदरबारमा पत्रकारलाई पतिक्रिया दिँदै प्रधानमन्त्री दहालले दोषी नछुटून् र निर्दोष नपरून् भन्ने सबैको एकमत भएको पनि बताए।
शीर्ष नेताको बैठकपछि प्रचण्डले भने- प्रहरीको अनुसन्धनामा डिस्टर्ब नगरौं, दोषी नछुटून् र निर्दोष नपरून् भन्नेमा एकमत छौं

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलका शीर्ष नेताबीच सहमति भएको बताएका छन्।

बुधबार तीन दलका शीर्ष नेताको छलफल पछि सिंहदरबारमा पत्रकारलाई पतिक्रिया दिँदै प्रधानमन्त्री दहालले दोषी नछुटून् र निर्दोष नपरून् भन्ने सबैको एकमत भएको पनि बताए।

‘हामीले स्पष्ट भाषामा भनेका छौं, दोषी नछुटून् र निर्दोष नपरून्,’ उनले भने, ‘प्रहरीले आफ्नो काम गरिरहेको छ, जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ। प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ।’

यस्तै, उनले  मिडियामा प्रचार भएजसरी हामी तीन दलका शीर्ष नेताहरुको भेट नभएको पनि बताए। भेटमा सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए ।

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्