Kathmandu Press

दैलेखमा बाटो खन्न गएका १२ जना मजदुर आगलागीमा घाइते, तीनको अवस्था गम्भीर

मजदुरले काम गरिरहेको अवस्थामा एक्कासी वनमा आगो फैलिएको थियो। अफ्ठयारो ठाउँ रहेकाले भाग्ने ठाउँ नपाएर मजदुर जल्न पुगेको जनाइएको छ।
दैलेखमा बाटो खन्न गएका १२ जना मजदुर आगलागीमा घाइते, तीनको अवस्था गम्भीर
फाइल तस्बिर ।

दैलेख, वैशाख २७ : दैलेखको आठबिस नगरपालिका–६मा पर्ने माल्याको जंगलमा लागेको आगोमा परी १२ जना मजदुर घाइते भएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्न गएका ती मजदुर जंगलमा लागेको आगलागीमा परेर घाइते भएका हुन्।

मजदुरले काम गरिरहेको अवस्थामा एक्कासी वनमा आगो फैलिएको थियो। अफ्ठयारो ठाउँ रहेकाले भाग्ने ठाउँ नपाएर मजदुर जल्न पुगेको जनाइएको छ। प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।

आगलागीमा परेकामध्ये मध्ये एक महिलासहित तीन जनाको अवस्था गम्भीर रहेको जानकारीमा आएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
 

 

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्