Kathmandu Press

फेक अडियो बनाउनेलाई कारबाहीको माग गर्दै डा.आरजु देउवाले दिइन् साईबर ब्यूरोमा निवेदन

केही संचार माध्यम र सामाजिक संजालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देस्यले नियोजित रुपमा रेकर्ड गराइएको निवेदनमा उल्लेख छ।
फेक अडियो बनाउनेलाई कारबाहीको माग गर्दै डा.आरजु देउवाले दिइन् साईबर ब्यूरोमा निवेदन

काठमाडौं, वैशाख २७ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो आएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साईबर ब्यूरोमा निवेदन दिएकी छन्।

केही संचार माध्यम र सामाजिक संजालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देस्यले नियोजित रुपमा रेकर्ड गराइएको निवेदनमा उल्लेख छ।

निवेदनमा दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । उक्त निवेदन बुधवारै साईबार व्यूरो भोटाहिटीमा दर्ता भइसकेको छ।

‘विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भूटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषी माथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेकी छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ।

343294365_256937023524992_2914280415047846308_n1683716471.jpg

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्