Kathmandu Press

पूर्वगृहमन्त्री खाणलाई चार दिनको थुना अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि कांग्रेस नेता खाणलाई प्रहरीले बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो।
पूर्वगृहमन्त्री खाणलाई चार दिनको थुना अनुमति

काठमाडौं, वैशाख २७ : जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौं थप अनुसन्धानका लागि खाणलाई ४ दिन थुनामा राख्न अनुमति दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि कांग्रेस नेता खाणलाई प्रहरीले बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो।

यो प्ररकणमा खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका थिए ।

खाणलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसँग अनुमति लिएपछि अब छानविन अघि बढ्ने छ।

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्