सरकारले राम्रा काम मात्रै गर्छ : प्रधानमन्त्री दाहाल
‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौं,’ उनले भने।
काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन्।
वामपन्थी नेता निर्मल लामाको २३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो कामा गर्दै नगर्ने बताए।
‘सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौं,’ उनले भने।
उनले निर्मल लामासँगका आफ्ना विगतका स्मरणबारे चर्चा गर्नुभएको थियो। उनले भने, ‘उहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो। लामाजीसँगका थुप्रै प्रसङ्ग बाँकी छन्।’
प्रधानमन्त्री दहालले अहिले नयाँ परिस्थिति बनेको बताउँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट पारे।
प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाजलगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपिल पनि गरे।











