Kathmandu Press

पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका क्रममा बुधबार बिहान पक्राउ परेका खाणलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति माग्न प्रहरीले उनलाई अदालत लागेको हो।
पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत लगियो

काठमाडौं, वैशाख २७ : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौं लगिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका क्रममा बुधबार बिहान पक्राउ परेका खाणलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति माग्ने प्रहरीकाे तयारी छ।

घरबाटै पक्राउ परेका खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनकै स्वीकय सचिव नरेन्द्र केसी पनि बुधबार नै पक्राउ परेका थिए।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

प्रकाशित मिति: १५:११ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्