शीर्ष तीन नेताबीच सिंहदरवारमा छलफल
तीन नेताबीचको छलफल समसामयिक राजनीतिका विषयमा केन्द्रित रहेको बताइएको छ। तर, छलफलको ठोस एजेण्डा के थियो भनेर खुलेको छैन।
काठमाडौं, वैशाख २७ : शीर्ष तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको छ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच अहिले सिंहदरबारमा भेटघाट चलिरहेको छ।
तीन नेताबीचको छलफल समसामयिक राजनीतिका विषयमा केन्द्रित रहेको बताइएको छ। तर, छलफलको ठोस एजेण्डा के थियो भनेर खुलेको छैन।
छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र एमालेसहितका नेताहरु मुछिएको विषय उठान भएको हुनसक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १४:४६ बजे, बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार