Kathmandu Press

भ्रष्टचारमा जोडिएकाको राहदानी जफग गर्न रास्वपा सांसदको माग

उनले भ्रष्टाचारमा जोडिएकाहरु देश छोडेर भाग्न सक्ने खतरा भएकाले भ्रष्टचारमा नाम जोडिएकाहरूको राहदानी तुरून्त जफत गर्न माग गरेका हुन्।
भ्रष्टचारमा जोडिएकाको राहदानी जफग गर्न रास्वपा सांसदको माग

काठमाडौं, वैशाख २७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डीपी अर्यालले भ्रष्टाचारमा जोडिएकाहरुकाको राहदानी जफत गर्न सरकारसँग माग गरेका छन्।

बुधबारको प्रतिनिधिसभा सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारमा जोडिएकाहरु देश छोडेर भाग्न सक्ने खतरा भएकाले भ्रष्टचारमा नाम जोडिएकाहरूको राहदानी तुरून्त जफत गर्न माग गरेका हुन्।

‘देश छाडेर भाग्न सक्ने खतरा भएकाले भ्रष्टचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्,’ उनले भने। सांसद अर्यालले भुटानी शरणार्थीको विषय सुरुआत मात्र भएको बताउँदै यस्ता हजारौं भ्रष्टाचारका फाइलहरु खोल्दै जानुपर्ने बताए।

उनले अनुसन्धानमा सरकारले खुट्टा नकमाओस् भन्दै प्रहरीले पनि बीचमै प्रमाण हराउन नहुने जिकिर गरे। अभियुक्त बचाउन खोजे पार्टीले सडक र सदनबाट प्रतिरोध गर्ने उनले जानकारी दिए।

प्रकाशित मिति: १४:३५ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्