Kathmandu Press

टोपबहादुर रायामाझी एमालेबाट निलम्बित

एमालेले राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरेको हो।
टोपबहादुर रायामाझी एमालेबाट निलम्बित

काठमाडौं, वैशाख २७ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायामाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी भएपछि रायामाझी फरार छन्।

एमालेले एक विज्ञप्ति जारी गदैृ आफ्ना सचिव समेत रहेका संसद रायामाझीलाई एमालेले बुधबार निलम्बिन गरेको हो।

एमालेले राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरेको हो।

‘राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ,Ú Pdfn]n] hf/L u/]sf] lj1lKtdf elgPsf] 5, ‘सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो.Ú

विज्ञप्तिमा भनिएको छ, ‘उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो । तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिँजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भिरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो।’

मंगलबारमात्र एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गरेको थियो ।

346025933_774969967685598_4150617417736658856_n1683707418.png

 

 

प्रकाशित मिति: १४:०० बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्