Kathmandu Press

गनन थापाले संसदमा भने- सरकारले दह्रोसँग खुट्टा टेक्यो भने फिल्म हाउसफुल चल्छ

‘अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस्।’
गनन थापाले संसदमा भने- सरकारले दह्रोसँग खुट्टा टेक्यो भने फिल्म हाउसफुल चल्छ

काठमाडौं, वैशाख २७ : कांग्रेसका संसद् गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान स्वच्छ र स्वस्थ हुनुपर्ने बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले यो प्रकरणको अनुसन्धान सकैको दबाव र प्रभाव पर्न नहुने बताए।

यो प्रकरणको छानविनमा सरकारले दह्रोसँग खुट्टा टेक्नुपर्ने पनि उनले बताए । उनले भने,  ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताए। थापाले भने, ‘अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस्।’

सांसद थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा बजारको हल्ला, कुनै भेटघाट र कुनै दबावले प्रभावित हुन नहुने बताएका छन्। यो प्रकरणमा सरकारको कामकारबाहीलाई सबैले हेरिरहेको भन्दै नागरिकलाई अनुसन्धानमा विश्वास हुने गरी काम गर्नुपर्ने महामन्त्री थापाले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका छन् ।

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्