प्रधानमन्त्री दाहालले भने– भ्रष्टाचार नियन्त्रणमा नयाँ लडाईं सुरु भयो
विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताउँदै उनले त्यसमा पनि हिजोको जस्तो साथ सहयोग आवश्यक भएकाले त्यसका लागि अपील गरे।
काभ्रे, वैशाख २७ : प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाईं सुरु भएको बताएका छन्।
काभ्रेको महाभारत गाउँपालिकामा ‘सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रम’को शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले यो लडाईंमा जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताए।
विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताउँदै उनले त्यसमा पनि हिजोको जस्तो साथ सहयोग आवश्यक भएकाले त्यसका लागि अपील गरे।
‘अन्यायमा परेकालाई न्याय चाहियो, समानता चाहियो। तिनीहरूलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यहि हो,’ उनले भनेका छन्, ‘सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रुप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’
उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने पनि बताए।











