राजेन्द्र लिङ्देनले भने– यो राज्यविरुद्धको अपराध हो, फायल अख्त्यिारलाई बुझाउने गल्ती नहोस्
‘यसमा कति प्रगति भएको छ, कारबाही प्रक्रिया कहाँ पुग्यो संसद्लाई जानकारी गराउन माग गर्छु । सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्यो र प्रगति कति भयो यहाँ जानकारी गराउनुपर्छ। यसमा सभामुखबाट रूलिङ होस्,’ उनले भने।
काठमाडौं, वैशाख २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले यो राज्यविरुद्धको अपराध भएको भन्दै त्यसबारे अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरे।
उनले देशको गरिमा अन्तर्राष्ट्रियस्तरसम्म झुकेको भन्दै दोषीलाई उन्मुक्ति दिने र कमजोर बनाउने काम नगर्न आग्रह गरे। उनले शीर्ष नेताहरू भेट्दासमेत जनतामा कारबाही कमजोर बनाउन भएको हो कि भन्ने शंका बढेको बताए।
‘यसमा कति प्रगति भएको छ, कारबाही प्रक्रिया कहाँ पुग्यो संसद्लाई जानकारी गराउन माग गर्छु । सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्यो र प्रगति कति भयो यहाँ जानकारी गराउनुपर्छ। यसमा सभामुखबाट रूलिङ होस्,’ उनले भने।
पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए । उनले पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेको भन्दै यस्तो गल्ती नगर्न आग्रह गरे।