Kathmandu Press

प्रतिनिधिसभा बैठकमा राप्रपाको नाराबजी, १५ मिनेटका लागि बैठक स्थगित

बुधबारको बैठकको सुरुमै राप्रपाका सांसदहरुले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
प्रतिनिधिसभा बैठकमा राप्रपाको नाराबजी, १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं, वैशाख २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ।

बुधबारको बैठकको सुरुमै राप्रपाका सांसदहरुले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बैठकको सुरूमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए। तर सभामुख देवराज घिमिरेले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए।

सभामुखले शून्य समयमा बोल्ने पालो दिएपछि राप्रपाका सांसदहरू रोस्ट्रम अगाडि पुगेर नाराबाजी गर्न थालेका छन्। उनीहरूले लोकतन्त्र आएपछि भ्रष्टाचार मौलाएको र त्यस्ता नेताहरूलाई जेल हाल्नुपर्ने माग गरेका थिए।

प्रकाशित मिति: ११:२२ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्