नक्कली भुटानी शरणार्थी प्रकणमा मुछिएका सबैलाई कारबही हुनुपर्छ : कोइराला
‘जो–जो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन।’
मोरङ, वैशाख २७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन्।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यसमा राजनीतिक दबाव दिन नहुने बताए ।
उलने नक्कली भुटानी शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए। उनले भने, ‘जो–जो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन।’
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे। उनले गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना गरे।
प्रकाशित मिति: ११:२५ बजे, बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











