नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाणलाई बुधबार बिहान उनकै निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
काठमाडौं, वैशाख २७ः नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाणलाई बुधबार बिहान उनकै निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
मैजुबहालस्थित निवासबाट पक्राउ गरेर खाणलाई हाल प्रहरी परिसरमा ल्याइएको छ । सोधपुछ पछि उनलाई छाड्ने कि हिरासतमै राख्ने भन्नेबारे निर्णय लिने नेपाल प्रहरी स्रोतले बताएकाे छ।
पक्राउ परेका खाणलाई टेकु लगिएको छ। काठमाडौं प्रहरी परिसरका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १०:०७ बजे, बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











