Kathmandu Press

प्रिबजेटका बारेमा सांसद राखेको जिज्ञासामा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रिबजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
प्रिबजेटका बारेमा सांसद राखेको जिज्ञासामा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

काठमाडौ, वैशाख २७ : आज प्रिबजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रिबजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

प्रिबजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जबाफहरू भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा  प्रिबजेटका बारेमा सदनमा छलफल भएको हो । 

प्रकाशित मिति: ०७:४३ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्