नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विवेकशील साझाको प्रदर्शन
नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देशको नाम नै वद्नाम भएकाले यसलाई निष्कर्षमा पुराउदै संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै विवेकशिल साझा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।
काठमाडौं, वैशाख २६ : नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै विवेकशिल साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देशको नाम नै वद्नाम भएकाले यसलाई निष्कर्षमा पुराउदै संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै विवेकशिल साझा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले भिआइपी अपराधीलाई पक्राउ गर, मानव तस्कर र लुटेरालाई कारबाही गर भन्दै व्यानर प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागीहरुले जसले अर्र्बाैं पैसा पचाँउछ, राज्यले त्यसैलाई बचाउछ ?, सरकार ठूला माछा पकडी, लगा छिटो हत्कडी, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ लगाएतका प्लेकार्ड देखाएका थिए।
विवेकशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै कारबाहीका लागि सरकारले खुट्टा कमाउन नहुने बताइन्।