Kathmandu Press

विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाइने

बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाइने

काठमाडौं, वैशाख २६ : विदेशबाट फर्कने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट फर्किने नेपाली नागरिकलाई २ मोबाइल ल्याउन पाउने निर्णय गरेको हो।

बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। अहिले पूर्ण भन्सार छुटमा एउटा मात्र मोबाइल ल्याउन पाइन्छ।

मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले प्रयोग गरिरहेको बाहेक थप एउटा मोबाइल ल्याउन दिने निर्णय गरेको हो।

 

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्