Kathmandu Press

कक्षा १२ को सामाजिक विषयको प्रश्नपत्र नेपालीमै हुने

सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपाली र दुवैमा आउने भनिए पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले नेपाली भाषामा मात्रै आउने जनाएको छ।
कक्षा १२ को सामाजिक विषयको प्रश्नपत्र नेपालीमै हुने

काठमाडौं, वैशाख २६ : आज (मंगलबार) देखि कक्षा १२ को परीक्षा सुरु भएको छ। आउने शुक्रबार (वैशाख २९ गते) सामाजिक अध्ययन विषयको परीक्षा छ।  

सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपाली र दुवैमा आउने भनिए पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले नेपाली भाषामा मात्रै आउने जनाएको छ।

Hardik ivf

परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माका अनुसार नेपाली भाषामा मात्रै प्रश्न सोधिनेछ।  ‘विदेशी विद्यार्थीका लागि अंग्रेजी भाषामा पनि नमुना तयार पारेर एकै ठाउँमा राखेका थियौं,’ उनले भने,  ‘विदेशी विद्यार्थी भएको ठाउँमा विद्यालयले माग गरेको अवस्थामा बनाएर पठाउँछौं।

यसअघि कार्यालयले सुझाव लिन नेपाली र अंग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि शिक्षकहरुले विज्ञप्ति नै जारी गरेर विरोध गरेका थिए।

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्