टोपबहादुरको घरमा खानतलासी
रायमाझीविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खानतलासीका लागि रायमाझीको घर पुगेको हो।
काठमाडौं, वैशाख २६ : नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको ललितपुर सातदोबाटोस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।
रायमाझीविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खानतलासीका लागि रायमाझीको घर पुगेको हो। अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै रायमाझी फरार छन्।
रायमाझी र उनका छोरा सन्दीपविरुद्ध नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै नक्कली शरणार्थीका नाममा करोडौं रकम बुझेको आरोप छ।
बिचौलिया गिरोहले रायमाझीका पुत्र सन्दीपको नाममा काटेको डेढ करोड रुपैयाँको चेक प्रहरीले बरामद गरेपछि ठगी प्रकरण छताछुल्ल भएको थियो। सन्दीप भने थुनामा छन्।
प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











