‘नेपालको अर्थतन्त्र ठीक ठाउँमा ल्याउन प्रदेश खारेज गर्नुपर्छ’
प्रतिनिधिसभाको आजको बैठकमा भइरहेको आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा बोल्दै उनले संघीयतालाई सबैभन्दा अनुत्पादक क्षेत्रको संज्ञा दिए।
काठमाडौं, वैशाख २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको अर्थतन्त्र ठीक ठाउँमा ल्याउन प्रदेश खारेज गर्नुपर्नेमा जाेड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा भइरहेको आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा बोल्दै उनले संघीयतालाई सबैभन्दा अनुत्पादक क्षेत्रको संज्ञा दिए।
‘हाम्रो अनुत्पादक क्षेत्र भनेको हिजो आन्दोलनको रापतापमा ल्याएको प्रणाली हो। त्यसकाे संशोधन नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठीक ठाउँमा आउँदैन,’ उनले भने।
अध्यक्ष लिङ्देनले विगतमा असल विचारका साथ संघीयता ल्याएको भए पनि अहिले कसैलाई ठीकन नलागेको जिकिर पनि उनले गरे।
‘हिजो हामीले सुविचारका साथ यो ल्यायौं होला तर यो ठीक भएन भन्ने सबैको मनमा छ’ लिङ्देनले भने, 'त्यसकारण हामीले आँट गरौं, याे प्रणाली खारेज गराैं।'