Kathmandu Press

शरणार्थी कार्यदलका संयोजक पन्थी सरकारका साक्षी 

पन्थी भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गृह मन्त्रालयद्वारा गठित कार्यदलको संयोजक थिए। प्रहरी स्रोतले जनाए अनुसार पन्थीलाई सरकारी साक्षीको रुपमा ‘कागज’ समेत गराइएको छ।
शरणार्थी कार्यदलका संयोजक पन्थी सरकारका साक्षी 

काठमाडौं, वैशाख २६  : अमेरिका पठाउने नाममा नक्कली भुटानी शरणार्थी तयार गरिएको प्रकरणमा पूर्वसहसचिव बालकृष्ण पन्थीलाई सरकारी साक्षीका रुपमा राखिएको छ। 

पन्थी भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गृह मन्त्रालयद्वारा गठित कार्यदलको संयोजक थिए। प्रहरी स्रोतले जनाए अनुसार पन्थीलाई सरकारी साक्षीको रुपमा ‘कागज’ समेत गराइएको छ।

नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरिएको विषयमा प्रहरीले साक्षीका रुपमा सोधपुछ गर्दै पन्थीसँग जानकारीसमेत लिएको छ। 

ठगी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, सरकारका सचिव सचिव टेकनारायण पाण्डे, योजनामा संलग्न भनिएका केशव दुलाल, पाँचथरका टंक गुरुङ, सागर राई, केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा छन्। 
 
प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्