Kathmandu Press

हास्यव्यङ्ग्य पुरस्कार स्थापना

हास्यव्यङ्ग्यको प्रवर्धनमा क्रियाशील व्यक्ति वा संस्थालाई रु २० हजारसहित ‘फित्कौलीको राष्ट्रिय खित्कौली सम्मान’ प्रदान गर्ने भएको छ।
हास्यव्यङ्ग्य पुरस्कार स्थापना

काठमाडाैं, वैशाख २६ : हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ। 

हास्यव्यङ्ग्यको प्रवर्धनमा क्रियाशील व्यक्ति वा संस्थालाई रु २० हजारसहित ‘फित्कौलीको राष्ट्रिय खित्कौली सम्मान’ प्रदान गर्ने भएको छ। आफ्नो वार्षिकोत्सवको अवसरमा गत माघ १४ गते स्थापना गरेको फित्कौली अक्षयकोषमार्फत सो संस्थाले चार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। 

Hardik ivf

वर्षभरिमा फित्कौली डटकममा प्रविष्ट भएका मुक्तक, हाइकु, कविता र काव्यांशमध्ये उत्कृष्ट एक रचनाका लेखकलाई ‘फित्कौली हास्यव्यङ्ग्य कविताकाव्य पुरस्कार’ प्रदान गरिने छ, भने फित्कौली डटकममा प्रविष्ट भएका निबन्ध, नाटक र समीक्षामध्ये उत्कृष्ट एक रचनाका लेखकलाई ‘फित्कौली हास्यव्यङ्ग्य निबन्ध, नाटक, समालोचना पुरस्कार’ प्रदान गरिने भएको छ।
 
त्यस्तै, वर्षभरिमा फित्कौली डटकममा प्रविष्ट भएका वा अन्य पत्रपत्रिकामा प्रकाशित बुढ््यौलीसम्बन्धी लेखरचना वा कृतिमध्ये उत्कृष्ट रचना वा कृतिका सर्जकलाई ‘फित्कौली बुढ्याैली साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ। यसरी सम्मानित र पुरस्कृत स्रष्टालाई फित्कौलीको लोगो अंकित सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। 

‘फित्कौलीको खित्कौली सम्मान’ बाहेक अरु पुरस्कारको रकम रु १५÷१५ हजार रहेको छ। अनलाइनका सम्पादक नरनाथ लुइँटेलद्वारा आफूले प्राप्त गरेका पुरस्कारबापत प्राप्त रकमसहित रु एक लाख ५० हजार अक्षय कोषका लागि प्रदान गरी अक्षय कोष स्थापनाको सुरुआत गरिएको थियो।   

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्