Kathmandu Press

सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्छ : मन्त्री बस्नेत

मंगलबार काठमाडौंमा एकता व्यापार संघले आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नीजि र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका हुन्।
सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्छ : मन्त्री बस्नेत

काठमाडाैं, वैशाख २६ : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा एकता व्यापार संघले आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नीजि र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका हुन्।

उनले अझै पनि जनसंख्या अनुसार स्वास्थ्य क्षेत्रमा दरबन्दी निकै कम भएकाले जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको बताए।

सर्ने वा नसर्ने रोगको व्यवस्थापनका लागि समयमा नै सावधान अपनाउन नसके ठूलो क्षति हुने भएकाले यस बिषयमा सरकारको उचित ध्यान जाने मन्त्री बस्नेतले धारणा राखे।

त्यस्तै उनले मुलुकको आर्थिक अवस्था कमजोर भएकाले कारण निजी क्षेत्र समस्यामा परेको भन्दै सरकारले आफ्नो नीति सुधार गरेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताए। 

प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्