Kathmandu Press

शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबाट पछि नहट्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडाैं, वैशाख २६ : प्रतिनिधिसभा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबाट पछि नहट्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा एमाले सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणको छानविनको अवस्थाका बारेमा सरकारले जानकारी गराउनुपर्ने बताए।

उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने काम भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघाती कदम भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो कारबाही गर्नुपर्ने धारणा राखे।

त्यस्तै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली शरणार्थी प्रकरणमा कसैको दवावमा नपरि अनुसन्धान गर्नुपर्नेमा जोड दिए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोशिमा कार्कीले प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा पनि जोगाउने काम भइरहेको बताइन्। उनले यस प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताइन्। कार्कीले सांसदहरुको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न आग्रह गरे।

त्यस्तै सांसद तेजुलाल चौधरीले देशमा शान्ति सुरक्षा राख्ने निकाय गृह मन्त्रालयमा रहेका व्यक्तिहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै दोषीलाई कारबाही गर्नबाट पछि नहट्न आग्रह गरे।

उनले उक्त प्रकरणमा भएको चलखेललाई रोक्नुपर्ने र कसैको पक्ष वा विपक्षमा नरही छानबिन गर्न माग गरे।  

प्रकाशित मिति: १२:४० बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्