दाहाल, ओली र देउवाबीच छलफल
प्रधानमन्त्री निवास तीन शीर्ष नेताहरुबीच आगामी वर्षको बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत विषयमा छलफल भएको बुझिएको छ।
काठमाडाैं, वैशाख २६ : मुलुकको पछिल्लो घटनाक्रममा विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास तीन शीर्ष नेताहरुबीच आगामी वर्षको बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत विषयमा छलफल भएको बुझिएको छ।
नक्कली शरणार्थी प्रकरणको छानबिनमा नेताहरुको संलग्नता देखिएपछि शीर्ष तहहरुबीच लगातार छलफल भइरहेको छ।
प्रधानमन्त्रीको निजी सचिवालयले समसामायिक राजनीतिक घटनाक्रममा विषयमा तीन नेताबीच छलफल भएको जानकारी दिएको छ।
प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार