Kathmandu Press

राज्यलाई दलाल स्थापित गर्न खोदिएको डा.तोसिमा कार्कीको आरोप

‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजानेमा देशका ठूला–ठूला निकाय र नेताहरू संग्लन भएको कुरा बाहिर आइरहेको छ । प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ।’
राज्यलाई दलाल स्थापित गर्न खोदिएको डा.तोसिमा कार्कीको आरोप

काठमाडौं, वैशाख २६ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले अन्तर्राष्ट्रियस्तरमा राज्यलाई दलाल स्थापित गर्न खोजेको आरोप लगाइन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काण्डैकाण्ड गरेर देश डुबाइरहेकाले अन्तर्राष्ट्रिय जगतमा राज्यलाई नै दलाल स्थापित गर्न खोजिएको बताइन्।

‘एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि यो देश डुबाइरहने? अन्तर्राष्ट्रिय जगतमा राज्यलाई नै दलाल स्थापित गर्ने, के मुख लिएर अनुदान माग्न जाने?,’ सांसद कार्कीले भनिन्।

उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजानेलाई सरकारले नै जोगाउन खोजेको समेत बताइन्। उनले भनिन्, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजानेमा देशका ठूला–ठूला निकाय र नेताहरू संग्लन भएको कुरा बाहिर आइरहेको छ । प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ।’

उनले यो भ्रष्टाचारमात्र नभएर चिनारी फेरेर राष्ट्रघात र अपराध गरिएको भन्दै कारबाही हुनुपर्ने बताइन् ।

यस्तै, सम्पूर्ण सांसदको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गर्न माग पनि गरिन्। उनले सांसदको सम्पत्ति सार्वजनिक गर्दै करसहितको स्रोत पनि खोज्न पनि आग्ह गरिन्।

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्