‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउनु भ्रष्टाचार मात्र होइन, देशद्रोह हो’
‘यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघात हो। देशद्रोही काम हो । यस्ता काममा संलग्न मानिसहरू छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। कारबाही गरिनुपर्छ।’
काठमाडौं, वैशाख २६ : एमाले सांसद ठाकुर गैरेले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर रकम असुल्नु भ्रष्टाचार मात्र नभएर देशद्रोह भएको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले यस्तो देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए।
सांसद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरिरहेको भन्दै प्रश्न गरेका छन्। ‘यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघात हो। देशद्रोही काम हो,’ उनले भने, ‘यस्ता काममा संलग्न मानिसहरू छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। कारबाही गरिनुपर्छ।’
उनले सो प्रकरणमा केही व्यक्ति पक्राउ परेको र केही सांसद भागेको भन्ने विषयमा सरकारकासँग जानकारी माग गरे। उनले भने, ‘यो विषयमा जाँचबुझ के भइरहेको छ? छानबिन के भइरहेको छ? यसमा संलग्न को हुन्? यो सरकारले के गरिरहेको छ?











