स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह
उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकाछन्।
काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री पुष्पकमल दाहालले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन्।
कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकाछन्।
‘कानुन दिवसको अवसरमा कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना। आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री दहालले शुभकामना सन्देशमा लखेका छन्।
प्रकाशित मिति: ११:०४ बजे, मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











