बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल
शीर्ष तीन नेताबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
काठमाडौं, वैशाख २६ : ठूला तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।
केहीबेर अघि सुरू भएको छलफलमा प्रधानमन्त्री पुष्पकमाल दहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी छन्।
शीर्ष तीन नेताबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार