Kathmandu Press

स्थानीय  तहका  पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा नजान मन्त्रालयको आग्रह 

आर्थिक  संवेदनशीललाई  ध्यानमा  राख्दै  अहिले  सरकार बजेट निर्माणको प्रक्रियामा रहेको भन्दै मन्त्रालयले ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै विदेश भ्रमण नगर्न भनेको हो । 
स्थानीय  तहका  पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा नजान मन्त्रालयको आग्रह 

काठमाडौं, वैशाख २६ : संघीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहका  पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ । मन्त्रालयले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।  

आर्थिक  संवेदनशीललाई  ध्यानमा  राख्दै  अहिले  सरकार बजेट निर्माणको प्रक्रियामा रहेको भन्दै मन्त्रालयले ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै विदेश भ्रमण नगर्न भनेको हो । 

मन्त्रिपरिषद्ले यसअघि नै अत्यावश्यकबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।

गलत कागजात तयार गरी स्वस्कृतिका लागि पठाएको अवस्थामा छानबिन हुने र कारबाहीसमेत हुने भन्दै मन्त्रालयले सचेत समेत गराएको छ । 

प्रकाशित मिति: ०८:१३ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्