प्रधानन्यायधीशमा हरिकृष्ण कार्कीकाे नाम सिफारिस
सोमबार बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
काठमाडौं, वैशाख २५ : प्रधानन्यायाधीशमा कामु प्रधानन्याधीश हरिकृष्ण कार्कीको नाम सिफारिस भएको छ। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
वरिष्ठताको आधारता कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ बताए ।
संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की उमेर हदका कारण अवकाश भएपछि कार्की गत असोज ११ गते कामु प्रधानन्यायाधीश बनेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली र उपसभामुख इन्दिरा रानामगर सहभागी थिए।











