Kathmandu Press

ओलीले भने– कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा सह्य हुँदैन

‘भ्रष्टाचार एमालेले सहँदैन, तर एमालेविरुद्ध यसलाई पनि तान उसलाई पनि तान भनेर निर्देशन दिन्छ भने, कसैलाई खेदीखेदी हतकडी लगाउने र कसैलाई सोधपुछ नै नगर्ने भन्ने स्वीकार्य हुँदैन।’
ओलीले भने– कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा सह्य हुँदैन

काठमाडौं, वैशाख २५ : एमाले अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणप्रति लक्षित गर्दै कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने प्रयास भइरहेको बताएका छन्। उनले यस्तो प्रवृति आफूहरुलाइृ सह्य नहुने बताए।

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनले एमाले भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने पनि बताए ।

‘भ्रष्टाचार एमालेले सहँदैन, तर एमालेविरुद्ध यसलाई पनि तान उसलाई पनि तान भनेर निर्देशन दिन्छ भने, कसैलाई खेदीखेदी हतकडी लगाउने र कसैलाई सोधपुछ नै नगर्ने भन्ने स्वीकार्य हुँदैन,’ उनले भने।

अध्यक्ष ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप पनि लगाए। उनले भने, ‘मैले भ्रष्टहरु नजोगिउन् भनेँ, यसको अर्थ छ। उहाँ भ्रष्टहरुलाई जोगाउने र अनावश्यक मानिसलाई पोल्ने लगाउने काम गरिरहनु भएको छ । मैले समयमै प्रधानमन्त्रीलाई भनेक छु निर्दोषलाई फसाउने कोसिस नहोस् कोही पनि भ्रष्ट नजोगिउन्।’

केही मान्छेहरुलाई बदनाम गर्ने, भ्रष्टहरुलाई जोगाउने र एमालेमाथि नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाए। उनले उक्त प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्रीबाटै भएको दाबी गर्दै प्रधानमन्त्री भएर स्टन्ड नभइ निष्पक्ष छानविन गर्नुपर्ने बताए।

ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको दाबी पनि गरे। उनले प्रधानमन्त्रीले नै आफुलाई दुई पटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरुलाई जोगाउन दबाब दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताए ।

ओलीले प्रधानमन्त्रीलाई अरुको फिल्म चलिरहेको भन्दै तपाईंको फिल्म कहिलो लाग्छ भनेर प्रश्न पनि गरे।

 

 

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्