Kathmandu Press

प्रतिकूल अवस्थामा आएको बजेटलाई सबै मिलेर कार्यान्वयन गरौं : सांसद थापा 

आजको प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष २०८०।८१ को विनियोजन विधेयकमाथीको छलफलमा भाग लिदैं सांसद थापाले प्रतिकूल अवस्थामा वर्तमान अर्थमन्त्रीले यथार्थ धरातलमा टेकेर प्राथमिकतामा आधारमा बिनियोजन गर्नुभएको बजेटलाई सफल कार्यान्वयन गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए। 
प्रतिकूल अवस्थामा आएको बजेटलाई सबै मिलेर कार्यान्वयन गरौं : सांसद थापा 

काठमाडौं, वैशाख २५ : नेपाली कांग्रेसका सांसद राजु थापाले प्रतिकूल समयमा बाबजुद पनि आर्थिक वर्ष २०८०/८१ को बजेटले महत्वपूर्ण कार्यहरुलाई प्राथमिकतामा राखेको बताएका छन्। 

आजको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले प्रतिकूल अवस्थामा वर्तमान अर्थमन्त्रीले यथार्थ धरातलमा टेकेर प्राथमिकतामा आधारमा विनियोजन गरेको बजेटलाई सफल कार्यान्वयन गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए। 

उनले भने, ‘बास्तवमै अहिले विश्व अर्थतन्त्रबाट शिथिल परेको छ नेपालपनि अछुतो छैन्। खस्केको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने, वजेटलाई कसरी सफल कार्यान्वयन बनाउनेतर्फ ध्यान दिऔं।’ खस्केको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्दा पनि घोचपेचमा उत्रनु उचित नहुने थापाले बताए। 

उनले थपे, ‘हाम्रा इच्छा आकांक्षा धेरै छन्, मेरै निर्वाचन क्षेत्रको कुरा गर्ने हो भनेपनि यो बर्षको सबै बजेट आफ्नो क्षेत्रमा हाले भनेपनि त्यहाको जनतालाई खुसी बनाउन सक्दिन् दक्षिण एसियाकै बजेट निर्वाचन क्षेत्रमा हाल्दा मात्र बल्ल खुसी बनाउन सक्छु होला।’ 

नेपालको जल, जमिन, जवानी र जडिबुटी (४ ज) लाई भरपुर सदुपयोग गरेको खण्डमा नेपालको अर्थतन्त्र माथी उढाउन सकिने सासंद थापाको भनाइ थियो। 

विगतको सरकारले महत्वकाक्षी बजेट ल्याउने तर कार्यान्वयन नहुने परिपाटीलाई चिर्दैं बजेटलाई कार्यान्वयन गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिए।

बजेट उत्पादक क्षेत्रमा भन्दा पनि अनुत्पादक क्षेत्रमा लगानी वढी भएकोले त्यसतर्फ सचेत हुनुपर्ने र राष्ट्रिय गौरबका योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्