Kathmandu Press

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचारविमर्श भएको थियो।
उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

काठमाडाैं, वैशाख २५ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचारविमर्श भएको थियो।

भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीन विरुद्ध प्रयोग हुन नदिइने बताउनुभएको थियो।

सो क्रममा राजदूत सङ्ले उपराष्ट्रपतिको कार्यकाल सफलताको कामना गरेकाे उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: १७:४३ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्