Kathmandu Press

समयमै नबनाइएको भन्दै स्थानीयद्वारा नख्खु-भैँसेपाटी सडक बन्द

नख्खु-भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरुले सोमबार सडक बन्द गरिदिएका हुन्। स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरु बैकल्पीक मार्गहुदै सञ्चालन भएका छन्।
समयमै नबनाइएको भन्दै स्थानीयद्वारा नख्खु-भैँसेपाटी सडक बन्द

काठमाडाैं, वैशाख २५ : ललितपुरको नख्खु-भैँसेपाटी सडकखण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरुले सडक बन्द गरिदिएका छन्।

नख्खु-भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरुले सोमबार सडक बन्द गरिदिएका हुन्। स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरु बैकल्पीक मार्गहुदै सञ्चालन भएका छन्।

लामो समयदेखि सडक अलपत्र पार्दा धुवा धुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुदै आवाजजावतमा समस्यमा भएकाले बाध्य भएर दवाव दिन सडक बन्द गर्नुपरेको उनीहरुको भनाइ छ।

ललितपुर महानगरपालिका १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नवनाउदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारहरु विरोधमा उत्रन बाध्य भएको बताए।

पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङ्मती सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो। सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन।

bhaisipati sadak banda_Moment refbqbt1683546433.jpg

प्रकाशित मिति: १७:३३ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्