Kathmandu Press

आयोगले ढाकाकुमारका ठाउँमा विन्दवासिनीलाई बनायाे सांसद

रास्वपाले श्रेष्ठलाई कारबाही गरिएको र उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगलाई पत्राचार गरेको थियो। विन्दावासिनीलाई सांसद बनाउने निर्णय आयोगले अघिल्लो साता नै गरेको हो।
आयोगले ढाकाकुमारका ठाउँमा विन्दवासिनीलाई बनायाे सांसद

काठमाडौं, वैशाख २५ : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ढाकाकुमार श्रेष्ठका ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाएको छ। तर यता सर्वोच्च अदालतले भने श्रेष्ठको पद थमौती गरेको छ।

रास्वपाले गरेको सिफारिसका आधारमा आयोगले श्रेष्ठका ठाउँमा कंसाकारलाई सांसद बनाएको हो। रास्वपाले श्रेष्ठलाई कारबाही गरिएको र उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगलाई पत्राचार गरेको थियो। विन्दवासिनीलाई सांसद बनाउने निर्णय आयोगले अघिल्लो साता नै गरेको हो।

श्रेष्ठ समानुपातिक सांसद भएकाले समानुपातिककै सूचीबाट कंसाकारलाई अघि सारिएको हो। आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पनि पठाइसकेको छ।

निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेको छन्। आइतबार उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ। तर सर्वोच्चले श्रेष्ठको पद थमौती गरेको अवस्थामा को सांसद हुने भन्ने अन्योलको अवस्था सिर्जना भएको छ।
 

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, वैशाख २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्